सुन लगाएको ट्रोलप्रति ओलीको चित्त दुखाई : एउटा औठी पनि नलाउनलेलाई बोक्न नसक्ने गरी सुन लगाइयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, पशुपतिको जलहरीबारे आफूलाई ट्रोल बनाइएकोमा चित्त दुखाएका छन् ।

बुधबार काठमाडौंमा आयोजीत पार्टी प्रवेश कार्यक्रममा उनले जीवनमै आफूले जम्मा पाँच दिन सुन लगाएको तर अहिले थेग्नै नसक्ने गरी सुन लगाएको फोटो ट्रोल गरिएको भन्दै चित्त दुखाएका हुन् ।

‘म सानो हुँदा मेरो आमाको औंठी चार दिन लगाएँ । एउटा साथीले दिएको औंठी बिहानदेखि बेलुकासम्म लगाएँ । त्योबाहेक सुन कहिल्यै लगाएको छैन ।’ उनले भने ‘जसले औंठी पनि लगाउँदैन् त्यसमा मलाई रुचि नै छैन् । अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट, यत्रो मेहनत गरेर फैलाएका छन् कस्तो नियत होला । कस्तो घटिया कुरा होला? आफ्नो क्षमता भएको भय सत्य सम्प्रेसण पो गर्नुपर्छ ।’

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७