
काठमाडौं । बुधबार नेप्से सूचक ३८.८३ अंकले घटेर १८४९.७९ विन्दुमा आएको छ । २ दिनमै बजार करिब ९२ अंकले घटिसकेको छ ।
आज २ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
बुधबार २६२ कम्पनीको ८७ लाख ३६ हजार कित्ता सेयर कारोबार भएको छ । ३४ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा प्रभु बैंकको संस्थापक सेयर अग्रस्थानमा परेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र स्टान्डर्ड चार्टर्ड बैंक परेका छन् ।