प्रचण्डलक्षित ओलीको व्यङ्ग्य : पूजापाठबाट अर्थतन्त्र सुदृढ हुँदैन

  • उडाए बजेटको मजाक
  • काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पुजापाठबाट अर्थतन्त्र सुधार नहुने भन्दै व्यङ्ग्य गरेका छन् ।

    मंगलबार प्रतिनिभिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतलाई व्यङ्ग्य गर्दै उनले पूजापाठबाट नभएर भिजनसहितको योजनावद्ध प्रयासबाट मात्रै अर्थतन्त्रमा सुधार आउने बताए ।

    उनले भने,‘यहाँ भएन भने इण्डिया गएर १०८ किलो चढाएर भएपनि भगवान छन् नि हाम्रा किन कोशीस गर्न पर्यो भन्ने छ । तर, त्यसरी अर्थतन्त्र सुदृढ हुँदैन्, संसारमा पूजापाठबाट अर्थतन्त्र सुदृढ काँहीपनि भएको छैन् अर्थमन्त्री ज्यू ।’

    अर्थतन्त्रको सुधारको लागि भारतसँग आस गरेको आरोप लगाउँदै उनले पूजापाठ गरेर भगवानलाई खुशी बनाएर नहुने तर्क गरे ।

    योजनावद्ध प्रयासबाट देशको अर्थतन्त्र सुधार गर्न सकिने उनको भनाइ छ ।

    उडाए बजेटको मजाक

    ओलीले सरकारले पेश गरेको बजेटमाथि टिप्पणी गर्दै सरकारको मजाक पनि उडाए ।

    उनले गत बर्षको बजेटमा ५५ अर्ब आउने कुरा गर्दा ४ अर्ब आयो यसपटक पनि कति आउछ भन्दै प्रश्न गरे ।

    उनले भने ‘अर्थमन्त्री ज्युले यस पल्ट मजाले राख्नु भएको छ, ५० अरव ५ अरव आएको छैन ५० अरवको फेरि लक्ष्य राख्नु भएको छ । यर्थाथमा साँचै कति आउला जस्तो लाग्छ । अहिले भन्न मिल्दैन होला पछि भन्नुहोला अर्थमन्त्री जी । साँच्चै चाहीँ कति आउला । पहिले पनि ५५ अर्ब आउछ भनेर पोहोर यहि बोलेको हो नि आयो कति भन्दा ४ अरब ।’

    उनले अगाडि भने, ‘यो रोष्ट्रममा आएर जे भन्दिए पनि हुन्छ । चेवन भन्ने, कृषि सुकेर सिठ्ठा जस्ता भएको थियो रे च्यवनप्रास खाएपछि बढे रे, के अर्थमन्त्री जीले गर्ने रिकभरि प्लानमा के च्यवनप्रास छ ?’

    © 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७