खुर्कोटस्थित सुनकोशी नदीमा खसेकाे सरकारी गाडी फेला, २ जनाकाे शव पनि भेटियाे

काठमाडाैं । मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको खुर्कोट नजिकै सुनकोशी नदीमा खसेकाे सरकारी गाडी फेला परेकाे छ ।

काठमाडौँबाट खोटाङ जाँदै गरेको सीटीईभीटीको सरकारी गाडी गएकाे शुक्रबार बिहान साढे ११ बजे हाइवेबाट करिब ७० मिटर तल खसेको थियाे ।

गाडीमा २ जनाकाे शव पनि फेला परेकाे छ । चालकसहित त जना सवार रहेकाे गाडीका चालक साेही दिन पाैडिएर निस्कन सफल भएका थिए ।

दुर्घटना भएको उक्त स्थान खुर्कोटको नौपेल हो, जुन खुर्कोट बजारबाट एक किलोमिटर पूर्वको दूरीमा पर्छ।

गाडीमा सवारहरूको परिचय खुल्न बाँकी छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७