• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

बालेनलाई ब्रसेल्स जान सरकारकाे स्वीकृति

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन शाह)लाई विश्व महानगर सम्मेलनमा भाग लिन ब्रसेल्स जान स्वीकृति दिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगर प्रमुख शाहको बेल्जियमको भ्रमण स्वीकृति दिने निर्णय गरेको हो।

यो निर्णयसँगै जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन शाह बेल्जियम जाने बाटो खुलेको छ।