काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत समकक्षी दाहालप्रति समवेदना प्रकट गर्दै सीता दाहालको आत्माको चिरशान्तिको कामना गरेका छन् ।
उनले लेखेका छन्,‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । साथी प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चीर शान्ति मिलोस् भनी प्रार्थना गर्दछु।’