• २०८३ असार १४
  • 2026 June 28, Sunday

सीता दाहालको निधनमा वालुवाटारमा शोक सभा आयोजना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका धर्मपत्नी तथा माओवादी केन्द्रका सल्लाहकार सिता दाहालको निधनमा आज शोक सभा आयोजना गरिएको छ ।

आज पार्टी कार्यालय वालुवाटारमा आयोजित शोक सभामा पूर्व मन्त्री एवं माओवादी सचिव पम्फा भुषाल, प्रवक्ता कृष्ण बहादुर महरा, पूर्व अर्थ मन्त्री जनार्दन शर्मालगायत पार्टीका अन्य सदस्य र पदाधिकारीहरुले दाहालप्रति श्रद्धाञ्जली अर्पण गरे ।

हिजो बिहान महाप्रस्थान गरेकी दाहालको निधनमा आजदेखि लगातार तीन दिन शोक सभाको आयोजना गरिने सो पार्टीले जनाएको छ ।