• २०८३ असार १४
  • 2026 June 28, Sunday

बेरुजु समस्या समाधानका लागि आवश्यक कदम चाल्ने अर्थमन्त्रीको घोषणा

काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले बढ्दो बेरुजु समस्या समाधानका लागि आवश्यक कदम चाल्ने बताएका छन् ।

राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैँ मन्त्री महतले अर्थमन्त्रालयमा मात्रै नभई अन्य मन्त्रालयमा पनि बेरुजुको समस्या रहेको तर्क गरे ।

उनले भने ‘बेरुजु समग्रमा समस्याको रुपमा छ । अर्थमन्त्रालयमा मात्र हैन सबै तिर समस्या छ । यसलाई कम गर्नको लागि अनुशासन कायम गर्ने कुरामा अर्थमन्त्रालय जागरुकताका साथ लागेको छ ।

कतीपय अर्थमन्त्रालयसंग जोडिएको वेरुजुको कुरामा करदाताहरुले कतिपय अवस्थामा चित्त नबुझेर अदालत गएको कुराहरु र सम्बन्धित निकायहरुमा अनियन्त्रित रहेको कारणले गर्दा पनि यस्तो भएको छ । तर वेरुजु फरछयौटमा प्राथमिकतामा राखेका छौं । ’

अर्थमन्त्रालयमा बेरुजुको चाङ रहेको भन्दै सो बारे राखेको चासोलाई सम्बोधन गर्दै मन्त्री महतले बेरुजु कम गर्ने बताए ।

प्रदेशको सिफारिसको आधारमै बजेट विनियोजन भएको दाबी गर्दै उनले अपेक्षा अनुसार बजेट विनियोजन गरिएको उनको दाबी छ ।

‘प्रदेशहरुले पठाएको सिफारिसको आधारमा बजेट विनियोजन गरिएको छ । अघिल्लो वर्ष दायित्व सिर्जना भएको आयोजनाहरुमा नै बजेट विनीयोजन गर्नुपर्ने परिस्थीतीले गर्दा माननीय ज्युहरुको अपेक्षालाई सम्बोधन गर्न सकिएको छैन । ’ उनले भने ।