• २०८३ जेठ २२
  • 2026 June 05, Friday

अजेष पौडेलको ‘जे छु ठिकै छु’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौं । अजेष पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । आइतबार उनले आफ्नो युट्युब च्यानलमार्फत ‘जे छु ठिकै छु’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतको भिडिओमा गायक पौडल, अनिशा ओली र रुविन खत्रीलाई देख्न सकिन्छ ।

डम्बर हिंगमाङको शब्द तथा संगीत रहेको गीतमा देवाशिष तामाङले संगीत संयोजन छ ।

अनिल कटवालले छायांकन गरेको म्युजिक भिडिओलाई विकास दाहालले सम्पादन गरेका छन् । सिनेरा फिल्म्स ब्यानर तथा अजेषको निर्माणमा बनेको गीतलाई अशोक भुजेलले निर्देशन गरेका हुन् ।

यसअघि गायक पौडेलले ‘भंगेरी चरी’ बोलको गीत सार्वजनिक गरेका थिए ।