पवन कल्याण र साई धर्म तेजको फिल्म ‘ब्रो’ ले दुई दिनमै उठायो लगानी

काठमाडौं । दक्षिण भारतीय अभिनेता पवन कल्यण र साई धर्म तेजको फिल्म ‘ब्रो’ ले दुई दिनमै लगानी उठाएको छ ।

गत शुक्रबारदेखि प्रदर्शन भएको फिल्मले विश्वभरबाट दुई दिनमा सय करोड भारू कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो फिल्म ५० करोड भारूमा बनेको हो । यसले घरेलु बक्स अफिसमा तीन दिनमा ६३ करोड १ लाख भारू कमाएको छ ।

‘ओपेनहाइमर, बार्बी, मिशन इम्पोसिबल र रकी और रानीकी प्रेम कहानी’ चर्चामा रहँदा यो फिल्मको खासै चर्चा थिएन । रिलिज भएपछि दर्शकले फिल्मलाई खुब रूचाइरहेका छन् । यद्पी भारतीय समीक्षकले भने फिल्मलाई मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

समुथिरकानीले निर्देशन गरेको फिल्ममा पवन र साईसँगै प्रिया प्रकाश वारियर, केतिका शर्मा, रोहिणी, ब्रह्मानन्दम र सुब्बाराजुलगायत कलाकारको अभिनय छ ।

यो फिल्ममार्फत पवन कल्याण र उनका भतीज साई धर्म तेजले पहिलोपटक सहकार्य गरेका हुन् ।

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१