२७ दृश्य परिमार्जन गर्दै सेन्सर पास भयो ‘ओ माइ गड २’

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘ओ माइ गड २’ को २७ दृश्य परिमार्जन गर्दै सेन्सर पास भएको छ ।

यसअघि फिल्मको २० दृश्य हटाउन भारतीय फिल्म सेन्सर बोर्डले सुझाव दिएको थियो । तर कुनै दृश्य नहटाई एडल्ड सेर्टिफिकेट दिइएको छ ।

फिल्ममा अडिओ र भिडिओ दुवै परिमार्जन गर्नुपर्ने बताइएको छ । साथै फिल्ममा अक्षय कुमारलाई भगवान शिवको ठाउँमा भगवान शिवको सन्देशवाहकको रूपमा देखाइने छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार निर्माताहरू फिल्मको १४ दृश्य परिर्माजन गर्न सहमत भएका छन् । अन्य दृश्य परिवर्तन नगर्नुको कारण खुलाउदै सेन्सर बोर्डलाई निर्माण टिमले पत्र बुझाउनु पर्नेछ ।

अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षयसँगै पंकज त्रिपाठी र यामी गौतमको मुख्य भूमिका छ ।

यो फिल्म अगस्ट ११ देखि प्रदर्शन हुँदैछ । यहि मितिमा सनी देओल र अमीषा पटेलको फिल्म ‘गदर २’ पनि प्रदर्शन हुनेछ ।

सन् २०१२ मा प्रदर्शन भएको फिल्म ‘ओ माइ गड’ बक्स अफिसमा हिट भएको थियो । फिल्ममा परेश रावलले भगवानलाई अदालतमा मुद्दा हालेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१