समीक्षा अधिकारी र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ)

काठमाडौं । गायिका समीक्षा अधिकारी र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

सोमबार निरोज भट्ट युट्युब च्यानलमार्फत ‘खिच फोटो खिच’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडिओमा समारिका ढकाल, स्मारिका ढकाल, सुमन परियार र सुरेश कोहिलको नृत्य छ ।

रमेश परियारको शब्द तथा संगीत रहेको गीतमा कृष्ण केसीले संगीत संयोजन गरेका हुन् ।

राजेश घिमिरेले छायांकन गरेको गीतको भिडिओलाई सुजन कोइरालाले सम्पादन गरेका छन् । गीतलाई जेरी भण्डारीले कोरियोग्राफी र निर्देशन गरेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१