भारतीय गायक जावेद अली काठमाडौंमा

काठमाडौं । भारतीय गायक जावेद अली नेपालमा आएका छन् । शुक्रबार प्रिभे नेपालमा आफ्नो प्रस्तुतिको लागि उनी काठमाडौंमा आएका हुन् ।

उनको नेपालमा हुने यो पहिलो प्रस्तुति हो । उनको प्रस्तुति हेर्न माई पे डिजिटल वालेटबाट टिकट लिन सकिनेछ ।

जावेद अली लाइभ इन नेपाललाई लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको हो ।

उनले फिल्म (रकस्टार को कौन फाया कौन), (गजनी को गुजारिश), (रांझना को तुम तक), (बजरंगी भाइजान को तु जो मिला) लगायतका ५०० गीतमा स्वर दिई सकेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१