फ्राइडे रिलिजः हलमा प्रमोद र रिस्ताको फिल्म ‘अदृश्य’

काठमाडौं । आज शुक्रबार हलमा प्रमोद अग्रहरी र रिस्ता बस्नेत अभिनीत फिल्म ‘अदृश्य’ प्रदर्शनमा आएको छ ।

यो फिल्मले मल्टिप्लेक्स हलमा न्यून शो पाएको छ । प्रल्हाद काफ्लेको निर्माण तथा निर्देशन रहेको फिल्ममा प्रमोद र रिस्तासँगै सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीपबाबु लोहनी, रूपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, प्रतिक भुजेल, अभिमान सिंह बस्नेतलगायत कलाकारको अभिनय छ ।

उत्तम हुमागाईं र मोहन कुमार झिल्लुले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् ।

पिताम्बर फिल्म्सको प्रस्तुतीमा निर्माण भएको फिल्ममा आकाश उखेडाको कथा, विशाल पौडेलको संगीत, संगीतकार पौडेल र सिमा संग्रौलाको गायन, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१