• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न थप एक जना पक्राउ

काठमाडाैं । सुन तस्करी प्रकरणमा संलग्न व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ गरेको हो ।

उनी दिल्लीबाट एडिक एयरमार्फत दिउँसो १ बजे विमानस्थल आइपुगेका थिए । लगत्तै प्रहरीले पक्राउ गरेर उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको प्रहरी स्राेतले जनाएकाे छ ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको थियो ।