बागलुङ समाज जापानले हरितालीका तीजमा भलिबल र चैते दसैँ कार्यक्रम गर्ने

बागलुङ समाज जापानले विभिन्न चाडपर्व लक्षितगर्दै मनोरञ्जनात्मक तथा प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्ने भएको हो । हरितालिका तीज–२०८० को अवसरमा समाजले भलिबल प्रतियोगिता र चैते दशैं मेलाको पनि तयारी गरेको छ ।

हालै बसेको समाजको नियमित बैठकले समाजले आगामी सेप्टेम्बर १६ मा तीज कार्यक्रम गर्ने निर्णय भएको र आगामी नोभेम्वर १ मा रनिङ्ग भलिबल प्रतियोगिता आयोजना गर्ने अध्यक्ष यमकान्त कँडेलले बताए ।

त्यसैगरि आगामी डिसेम्बर १० मा भने चैते दशैं मेलाको तयारीका लागि गोलमेच सम्मेलन गर्ने निर्णय गरेको समाजका महासचिव सचिन शर्माले जानाकारी गराए । विशेषगरि नेपाली नारीहरूको महान चाड हरितालिका तीजको आयोजनाको तयारी थालिएको बाग्लुङ्ग समाज का प्रवक्ता रामु खत्रीले बताएका छन् ।

समाजका अध्यक्ष कँडेलको अध्यक्षतामा बसेको औपचारिक बैठकको सञ्चालन महासचिव सचिन शर्माले गरेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१