काठमाडौं । काठमाडौंको टुँडिखेलमा गौरा पर्व हर्षोल्लासका साथ मनाइएको छ ।
विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व बिहीबार दिउँसो राजधानीको टुँडिखेलमा बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
पर्वका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सुदुपश्चिमलाई नेतृत्व गर्ने विभिन्न दलको नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहित नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ,परराष्ट्रमन्त्री एनपी साउद, पूर्वउपप्रधानमन्त्री भीम रावललगायत देउडा खेलेका थिए ।
गौरा पर्वमा सुदूरपश्चिममा कुनै किसिमको विभेद तथा छुवाछुत माने पाप लाग्ने धार्मिक विश्वास छ । एकताको पर्वका रूपमा लिइने गौरा पर्वमा देउडा गीतका माध्यमबाट दुःख र माया साटासाट गर्ने चलन पनि छ।
भिडिओ