• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सुन तस्करीमा जोडिएका कृष्णबहादुर महराका छोरा सिआइबीको नियन्त्रणमा

काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई सीआईबीले नियन्त्रणमा लिएको छ । इलेक्ट्रिक चुरोट भेपमा सुन तस्करी प्रकरणमा मुछिएका महरालाई सीआईबीले नियन्त्रणमा लिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने ‘ उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ । ’

कहाँबाट नियन्त्रणमा लिइएको ? भन्ने प्रश्नमा उनले भने यती हो ‘उहाँ हाम्रो नियन्त्रणमा हुनु उनकाे अनुसन्धान भइरहेको छ । ’