तातोपानी । नेपाल र चीन जोड्ने तातोपनी नाकाबाट मानिस आउँजाउँ गर्न पाउने भएका छन् । ८ वर्ष अघिबाट बन्द उक्त नाकाबाट अबभने मानिस आवतजावत गर्ने नेपाली अध्यागमन कार्यालयले जनाएको छ ।
शुक्रबार लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच गराएर चीनतर्फ प्रस्थान गरे । सांसद सापकोटा सहितको टोलिलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए ।
नाका खुलाउने नेतृत्वदायी भूमिका खेलेका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा बिहानै तातोपानी नाका पुगेका थिए ।
२०७२ साल वैशाख १२ गतेको महाभुकम्पपछि नेपाल चीनबीचको तातोपानी नाका पूर्ण रुपमा बन्द रहेको थियो । नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्प सृजित कठिनाई पन्छाएर सिमित सुचारु भएको नाका २०७६ साल फागुनमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द रहेको थियो ।