• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न सरकारले बनायो समिति

काठमाडौं । देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले समिति गठन गरेको छ।

अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। वार्ता समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव रहने छन्।

स्वास्थ्य मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले पाँच सदस्यीय वार्ता समिति गठन गरिएको बताए। समितिले आन्दोलनरत नेपाल चिकित्सक संघलाई वार्तामा समेत बोलाइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वार्ता समिति गठन गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न निर्देशन दिएका थिए।