• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

इन्द्रजात्रा मनाइँदै (तस्बिरहरु)

काठमाडौँ । इन्द्रजात्राका लागि यस्सिंलाई तत्कालीन कान्तिपुर नगरको पूर्वी प्रवेशद्वार रहेको भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको छ। भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको यस्सिं शनिबार बिहानको शुभसाइतमा तानेर नगर प्रवेश गराइएको हो।

यस्सिंलाई भोटाहिटीबाट असन, इन्द्रचोक हुँदै हनुमानढोका पूर्‍याइएको छ । अब हनुमानढोकामा यस्सिं ठड्याएर इन्द्रध्वजोत्थान गरिनेछ। यही दिनदेखि काठमाडौँ उपत्यकामा इन्द्रजात्रा सुरु हुन्छ।

त्यस्तै ‘क्वस्नेया’ (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा हुनेछ। रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै ‘दागीं’ र त्यसपछि ‘बहुमतस्’ ल्याउने परम्परा रहेको छ।

यसैगरी कुमारी, भैरव र गणेशलाई थस्नेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। त्यपछि नानिचास् यात्रा पछि हनुमानढोका ठड्याइएको यस्सिं ढालेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।