• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

बालेनले भत्काउन लागेको अरनिको बसपार्क नभत्काउन अदालतको आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाले हटाउन लागेको जडिबुटीको अरनिको यातायात प्रालिको बसपार्क नहटाउन आदेश दिएको हो ।
उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन आदेश दिएको छ ।

न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै काठमाडौं महानगरपालिकालाई उक्त बसपार्क नभत्काउन भनेको हो । साथै महानगरलाई अदालतले १५ दिनभित्र जवाफ पेश गर्न आग्रह गरेको छ ।

‘‘निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरुको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरुलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८(२)(ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१)(क) बमोजिम विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरुलाई दिनु’ सुनुवाइमा भनिएको छ ।

दुवै पक्ष राखेर छलफल गरेपश्चात् मात्र अन्तरिम दिने वा नदिने भएकोले १४ असोजमा छलफलको लागि अदालतले पेशी तोकिदिएको छ । काठमाडौं महानगरले उक्त यातायात प्रालिले नभत्काए आफै भत्काउने चेतावनी दिएको थियो ।

यातायात प्रालिले १४ रोपनी जग्गामा १० करोड खर्च गरेर बसपार्क निर्माण गरे पनि महानगरले ‘एक बसपार्क’ नीति लिएको भन्दै सञ्चालन अनुमति दिएको छैन । ८ असोजमा पत्रकार सम्मेलन गर्दै प्रालिले जबरजस्ती भत्काउन खोजे प्रतिकार गर्ने बताएको थियो ।

आदेश यस्तो छ :