• २०८३ असार १५
  • 2026 June 29, Monday

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री ओली भेट्न बालकोट पुगे

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटन ओली निवास बालकोट पुगेका छन्।

एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री भएको भोलिपल्ट ओलीलाई भेट्न बालकोट पुगेका हुन्। ​ शनिवार काठमाडौं आएका कार्कीले हिजै कांग्रेस नेता शेखर कोइरालालाई भेट्न उनको निवास पुगेका थिए।

नेकपा एमालेको सहयोगमा संविधानको धारा १६८ (५) अन्तर्गत कोशीको मुख्यमन्त्री नियुक्त कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने छन्।

कांग्रेसबाट विद्रोह गरेका कार्कीले नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एक जना कांग्रेस सांसदलाई आजै मन्त्री नियुक्ति गर्ने तयारी पनि गरेका छन्।