• २०८३ असार १५
  • 2026 June 29, Monday

आज मन्त्री परिषदले के निर्णय गर्यो

काठमाडौं । सरकारकी प्रवक्ता सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले आज बिहान बसेको मन्त्रिपरिषद्ले गरेका विभिन्न निर्णय बारे जानकारी दिएकी छन् ।

राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्विकृती दिने मन्त्रीपरिषदले निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिईन् ।

साथै, युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नेपाल र इजिप्टबीचको युवा तथा खेलकुद सम्बन्धी मेमोरन्डम अफ अन्ड्रस्ट्न्डिङ् बिट्विइन द गभरमेन्ट नेपाल एण्ड द गभरमेन्ट अफ रिपब्लिक अफ इजिप्ट अन कोअपरेशन इन युथ एण्ड स्पोर्टस अफेयर्स विशेष समझदारी पत्र स्वीकृत गरि सोही बमोजिमका समझदारी पत्रमा समकक्षी टिमलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृती प्रदान गर्ने निर्णय गरेका पनि शर्माले बताईन् ।

त्यसैगरी, नेपाल र कतार सरकारबीच हुने संलग्न प्रोटोकल बिट्विईन् द गभरमेन्ट अफ नेपाल एण्ड गभरमेन्ट अफ द स्टेड अफ कतार कोअपरेसन इन द फिल्ड अफ प्रेस एण्ड इन्फरमेशन विषयक समझदारी पत्र स्विकृत गर्ने, सञ्चार मन्त्रालयलाई हस्तक्षर गर्न अख्तियार दिने भन्ने निर्णय प्रवक्ता शर्माले जनाईन् ।