• २०८३ असार १५
  • 2026 June 29, Monday

एनआरएनमा पराजित समुहद्वारा विद्रोहको घोषणा : निर्वाचन परिणाम नमान्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको पराजित समुहले निर्वाचन परिणाम अस्वीकार  गरेको छ ।

असन्तुष्ट समूहले शनिबार ललितपुरस्थित एक होटलमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचनको परिणाम नमान्ने र अहिलेकै बन्दसत्रबाट नयाँ बाटो तय गर्नुपर्ने बताए ।

पत्रकार सम्मेलनमा अध्यक्षमा पराजित भएका आरके शर्माले परिणाम नमान्ने दोहोर्याउँदै मतपरिणाममा भएको त्रुटीबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको आरोप लगाए । ‘१४ दिनभित्र अनुसन्धान गर्ने र कुनै गल्ति भेटिए पुनःमतदान गर्न उहाँहरु पनि सहमत हुनुभएको थियो । तर, आज नाटकीयरुपमा बिहानै आतुरी गरेर सपथग्रहण गर्नुभयो । यो जालसाँझी हो ।’ शर्माले भने ‘ उहाँ आफूले आफूलाई अध्यक्ष घोषणा गर्नुभएको छ, तर उहाँ अध्यक्ष होइन ।’

सहमति विपरित आजै सपथ खानुले धाँधली भएको पुष्टि हुने उनको तर्क छ ।

यही सम्मेलनको बन्दसत्रलाई निरन्तरता दिन र नयाँ बाटो तय गरेर जान उनको आग्रह छ ।