• २०८३ असार १५
  • 2026 June 29, Monday

सदनमा कांग्रेस सांसद गौतमको सरकारप्रति व्यङ्ग्य : नबोलेरै बिताए शून्य समय

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले संसदमा उठेका कुराप्रति सरकार गैर जिम्मेवार बनेको विषयमा व्यङ्ग्य गर्दै शून्य समयमा नबोलेरै आफ्नो समय कटाएका छन् ।

बिहिबारको प्रतिनिधि सभा बैठकमा, विगतमा संसदमा उठेका विषयहरुको सम्बोधन नभएको भन्दै नबोलेरै शून्य समय व्यतित गरेका हुन् ।

सांसद गौतम नबोलेपछि सभामुख देवराज घिमिरेले ‘माननीय सदस्यलाई बोल्न समय दिइएको छ’ भने । तर, फेरि पनि सांसद गौतम बोलेनन् । शून्य समयमा एक मिनेट समय निर्धारण गर्ने अभ्यास छ ।