राप्रपाले जाजरकोट भूकम्प पीडितका लागि २५ लाख दिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जाजरकोट भूकम्पका पीडितको राहत तथा पुनस्थापनाका लागि २५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

आइतबार बसेको राप्रपा पदाधिकारी बैठकले पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको १ महिनाको तलब र पार्टीको तर्फबाट गरी २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको पार्टी कार्यवहाक अध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए ।

त्यस्तै सो पार्टीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोटमा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको संयोजकत्वमा र रुकुम पश्चिममा सहायक महामन्त्री सु्रेन्द्रबहादुर शाहको संयोजकत्वमा टोली खटाउने निर्णय समेत गरेको छ ।

जाजरकोट र रुकुम पश्चिम जिल्लाका कार्यक्रमहरू १५ मंसिरसम्मका लागि स्थगित गर्ने र देशभर पार्टीले गर्ने आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रमहरु कात्तिक मशान्तसम्म स्थगित गर्ने निर्णय भएको पनि उनले बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१