• २०८३ असार १५
  • 2026 June 29, Monday

कांग्रेस महासमिति बैठक फेरि सर्यो

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने जानकारी दिए ।

‘पहिला हामीले महासमितिको बैठक मंसिरको १३–१५ भन्यौं । विभिन्न कारणले केही दिन धकेलियो । कार्य सम्पादन समितिको बैठकबाट मंसिर २९ बाट पुसको २ गतेसम्म गर्ने भन्यौँ । तर, तिथि मिति हेर्दा फेरि पनि बदल्नु परेको हो ।’ उनले भने ‘अब पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट १७, १८ र १९ गते ललितपुरको गोदावरीस्थित हलमा तोकेका छौँ ।’