नेपाली समाजमा धार्मिक द्वन्द्वको कुनै स्थान छैनः मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाजमा धार्मिक, साम्प्रदायिक द्वन्द्वको कुनै स्थान नरहेको बताएका छन् ।

सोमबार ललितपुरमा आयोजित नेपाल संवाद शिखर सम्मेलन–२०२३ लाई सम्बोधन गर्दै उनले अहिले धार्मिक द्वन्द्वको कोसिस भए पनि सामाजिक एवं भौगोलिक बनावटको कारणले असफल हुने भन्दै नेपाली समाजमा धार्मिक र साम्प्रदायिक द्वन्द्वको कुनै स्थान नरहेको बताएका हुन् ।

उनले भने, ‘नेपाली समाजमा धार्मिक एवं साम्प्रदायिक द्वन्द्वको कुनै स्थान छैन । विगतमा पनि त्यस्ता किसिमको कोसिस नभएका होइनन् तर म ठोकेरै भन्छु, नेपालको सामाजिक र भौगोलिक बनावटको कारणले यस्ता कोसिस पटकपटक बिफल भएको छ । फेरि पनि कोसिस भइरहेको छ तर बिफल हुन्छ ।’

उनले देशको भौगोलिक र सामाजिक रुपले हेर्दा समुदाय समुदाय र सम्प्रदाय सम्प्रदायबीच द्वन्द्व हुने सम्भावना कम रहेको बताए ।

नेपालमा सबै धर्म सम्प्रदाय अल्पसङ्ख्यक रहेकाले कसैले पनि चाहेर अरुमाथि हिंसा मच्चाउन सक्ने स्थिति नरहेको उनको भनाइ छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७