
काठमाडौं । नेकपा एसको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय भएको छ ।
आज बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
महाधिवेशन काठमाडौंमा गरिने उनले बताए ।
त्यस्तै, उनले माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिएको बताए । यसैगरी यही मंसिर २८ र २९ गते पुनः सचिवालय बैठक बस्ने उनले जनाए । त्यस्तै, पुस ९ गते स्थायी कमिटी, १० गते पोलिटब्यूरो र पुस ११ र १२ गते केन्द्रीय कमिटीको बैठक गर्ने पनि निर्णय भएको खतिवडाले जानकारी दिए ।