• २०८३ असार १६
  • 2026 June 30, Tuesday

एनसेल प्रकरणको छानबिन गर्न पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा समिति गठन

काठमाडौं । सरकारले एनसेलको ८० प्रतिशत सेयर खरिद– बिक्री प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले ५ सदस्यीय छानबिन समिति गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजक रहेको समितिका सदस्यहरूमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले रहेका शर्माले बताइन् ।

प्रक्रिया पुरा नगरी एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री गरेर चलखेल भएको भन्दै सरकारले असन्तुष्टि जनाएको छ ।

यस्तै बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा विश्व बैंकबाट प्रादेशीक तथा स्थानीय सडक सुधार कार्यक्रमका विश्व बैंकबाट प्राप्त हुने पहिलो चरणको सहायतासम्बन्धी वार्ता गर्नका लागि वार्ता टोली गठन गर्न अख्तियारी दिने निर्णय समेत गरेको छ ।

त्यसैगरी खानेपानी मन्त्रालयको नप्रस्तावमा खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्षमा रुद्र प्रशाद गौतम र सदस्यष् पदमा यसोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय गरिएको छ ।