महिलामाथि हुने हिंसा नहटेसम्म समतामूलक समाज बन्दैनः मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानको अवसरमा मानसिक स्वास्थ्य र महिला हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निमार्ण गर्ने संकल्प गरेको मात्रै होईन्, यसलाई कार्यान्वयन गर्न विभिन्न प्रकारका कानूनहरु पनि बनेका छन् । यति हुदाँ पनि हाम्रो देशमा महिलामाथि हुने, दुरव्यवहार र लैङ्गिक हिंसा हट्न सकेको छैन ।

कानूनले वञ्चित गरेको बोक्सि, छाउपडि प्रथा, दाइजो, घरेलु महिला हिंसा जस्ता अमानविय दुरव्यवहारहरु अझै पनि समाजमा कायम हुनु अहिलेको आधुनिक र सभ्यका लागि लज्जाको विषय हो । केही कमि आएपनि अझै समाजमा विक्री र विसंगतीहरु कायम रहनु, विडम्बनापूर्ण छ ।

महिलामाथि हुने यस्तो कुप्रथा नहटाएसम्म हाम्रो संविधानले कल्पना गरेको समतामूलक र न्याय पूर्ण समाज सम्भव छैन । यसको लागि हामी सबैजना एकजुट भएर लाग्न आग्रह पनि गर्दछु । यसको लागि हामी विशेष तीन कुरामा ध्यान दिनुपर्छ ।

पहिलो संविधान र कानूनले जति व्यवस्था गरेपनि समाजमा सचेतनाको अभाव रहेको हुनाले सचेतनामूलक कार्यक्रमलाई व्यापक बनाउन जरुरी छ ।

महिलामाथि हुने हिंसाविरुद्धको अभियानमा पुरुषको सहभागिता सुनिश्चित गर्नुपर्छ र तेस्रो भनेको महिलाहरुलाई आत्मनिर्भर बनाउनु पर्छ । नीति तथा कार्यक्रममा नै महिलाको लागि विभिन्न किसिमका योजनाहरु बनाउदै सरकारले कुल बजेटको करिब २० प्रतिशतको हाराहारिमा लैङ्गिक समानताका लागि बजेट छुट्याउने गरेको छ । तर अझै पनि महिलाहरुले त्यो सुविधालाई सहि तरिकाले उपयोग गर्न पाएका छैनन् । यसको बारेमा पनि जनचेतनामूलक कार्यक्रम चलाउनु पर्छ र यसमा सरकार पनि लागेको छ । यसमा सबैको साथ अनिवार्य छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१