• २०८३ असार १६
  • 2026 June 30, Tuesday

काँग्रेसको मधेश प्रदेश सम्मेलन सुरु

काठमाडौं । नेपाली काँग्रेसका मधेश प्रदेशको प्रथम सम्मेलन जनकपुरधाममा सुरु भएको छ ।

जनकपुरधामको तिरहुतिया गाछीमा काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले प्रथम सम्मेलनको उद्घाटन गरेका छन् ।

सभापति देउवासहित उपस्थित शीर्ष नेताहरुले स्वागत मनत्यव राख्दै छन् ।

प्रदेश सभापति कृष्ण प्रसाद यादवका अनुसार आजको सत्र समाप्त भएपछि भोलि बन्द सत्र हुनेछ ।

उदघाटन सत्रमा मधेश प्रदेशको आठवटै जिल्लाबाट सयौं नेताकार्यकर्ताको उपस्थिति देखिएको छ ।

भोलि बन्द सत्रमा ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिने सभापति यादवले जानकारी दिए ।