कांग्रेस सभापति देउवाले भने ‘म पनि हिन्दू राष्ट्र पक्षधर हूँ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पनि हिन्दू राष्ट्र नेपालको पक्षमा रहेको बताएका छन् । तर अहिले उपयुक्त समय नभैसकेकाले आफू खुलेर समर्थन गर्न असमर्थ भएको पनि सभापति देउवाले स्पष्ट गरेका छन् ।

नेपाली कांग्रेस वैदिक सनातन हिन्दू राष्ट्र पुनस्थापना राष्ट्रिय अभियानका प्रतिनिधिहरुसँग आफ्नै निवासमा छलफल गर्दै सभापति देउवाले यस्ताे बताएकाे स्राेतले जनायाे ।

सभापति देउवाको भनाई उदृत गर्दै स्राेतले भन्यो, ‘म पनि हिन्दू राष्ट्रको पक्षधर नै हूँ तर अहिले नै खुलेर समर्थन गर्दा द्वन्द हुनसक्छ, फुकेर हिँड्नुपर्ने समय छ । त्यसैले उपयुक्त समय कुर्नुपर्छ ।’

सभापति देउवासँग अभियानका संयोजक शंकर भण्डारी, उपसंयोजकहरु लोकेश ढकाल र देवेन्द्र कँडेल, कोषाध्यक्ष भानुभक्त ढकाल, सदस्यहरु मुक्तादेबी यादव, भीम पराजुली र गेहेन्द्र गिरी सहभागी थिए ।

अभियानले अहिलेसम्म ९ सय पचास महासमिति सदस्यहरुको समर्थन जुटाईसकेको जनाएको छ । १९ सय पचास दर्ता भएका महासमिति सदस्यहरुको बहुमत समर्थन जुट्ने अभियानको भनाइ छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७