• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

परराष्ट्र सचिव लम्साल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडाैं । परराष्ट्र सचिव सेवा लम्सालले मंगलबार अपरान्ह भारतीय विदेशमन्त्री एस. जयशंकरसँग नयाँ दिल्लीमा भेटवार्ता गरेकी छन्।

आठौँ एसिया इकोनोमिक डाइलगमा भाग लिन मंगलबार दिउँसो नयाँ दिल्ली पुगेकी उनले भारतका विदेशमन्त्री डॉ एस जयशंकरसँग संवाद गरेकी हुन्।

भेटवार्तापछि भारतीय विदेशमन्त्री जयशंकरले लम्साललाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।

जयंशकरले नेपाल र भारतको द्विपक्षीय सम्बन्धका बहुआयामिक सम्भावना र प्रगतिबारेमा लम्साललाई सुन्न पाउँदा प्रसन्नता प्रकट गरेका छन्।

यही फागुन १७ देखि १९ गतेसम्म भारतको पुनेमा आयोजना हुने कार्यक्रममा परराष्ट्र सचिव लम्साल नेतृत्वको प्रतिनिधिमण्डल उद्घाटन सत्रमा सहभागी हुनेछ।

भ्रमणका क्रममा सचिव लम्साल नेतृत्वको प्रतिनिधिमण्डलले भारतका विदेशसचिव विनयमोहन क्वात्रासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।