नेदरल्याण्डले दियाे नेपाललाई १८५ रनको लक्ष्य

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध नेपालले जितका लागि १८५ रनको लक्ष्य पाएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनायो ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन जोडे । साइब्रान्ड एंगलब्रेक्ट ४९ रनमा अविजित रहदा म्याक्स ओ डाउड ४, कप्तान स्कट एडवार्ड्स ३३, तेजा निदामानुरु ३१ रन बनाएर आउट भए ।

बलिङमा नेपालका करण केसी र कुशल मल्लले एक/एक विकेट लिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१