‘कृषि दशक’ मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले आउँदो आर्थिक २०८१।८२ लाई कृषिमा लगानी दशक घोषणा गरी कृषि क्षेत्रलाई माथि उकास्ने बताएको छ ।

संघीय संसद्को मंगलबार जारी संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन ।

राष्ट्रपति पौडलले मंगलबार नीति कार्यक्रम वाचन गर्दै भने, ‘कृषक समूह र सहकारीसँग समन्वयन गरी एकीकृत उत्पादन र बजारीकरण कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई प्रोत्साहित गरिने छ । सम्भाव्य स्थानमा चैते धान उत्पादन गर्न प्रोत्साहन गर्ने छ र बाँझो जमिनमा पशुपालन, फलफूल, वन पैदावार तथा नगदेवाली खेती गर्न सहयोग गरिने छ ।’

यस्तै, राष्ट्रपति पौडेलले सरकारले कृषिजन्य उपजको न्युनतम समर्थन मूल्य तोकेर त्यसको लागि बजार व्यवस्थापन गर्ने व्यवस्था मिलाउने समेत उल्लेख गरे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१