• २०८३ असार १६
  • 2026 June 30, Tuesday

गरिबीको रेखामुनी रहेका परिवारलाई सरकारले विद्युतीय चुलो दिने

काठमाडौं । सरकारले आगामी वर्ष गरिब घरपरिवार पहिचान कार्यलाई सम्पन्न गर्ने बताएको छ ।राष्ट्रपति रामचन्द्र पौडलले मंगलबार दिउँसो संसद्को संयुक्त सदनमा प्रस्तुत गरेका आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रममा सरकारले गरिब घर परिवार पहिचानको कार्यलाई सरकारले पूर्णता दिने उल्लेख गरे ।

नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले भने,‘आगामी आर्थिक वर्षभित्र गरिब घरपरिवार पहिचानको कार्य सम्पन्न गरिनेछ । गरिब लक्षित कार्यक्रमहरु एकीकृत रुपमा सञ्चालन गरिने छ ।’

राष्ट्रपति पौडेलले पहिचान भएका गरिबको स्थानीय तहमार्फत सरकारले निशुल्क बीमा गर्ने समेत उल्लेख गरे ।‘गरिबीको रेखामुनी रहेका घर परिवारका लागि विद्युतीय चुलो, ट्युबेल लगायतका सामग्री उपलब्ध गराइने छ’ राष्ट्रपति पौडेलले भने ।