• २०८३ असार १६
  • 2026 June 30, Tuesday

एक हजार युवालाई स्टार्टअपका लागि सहुलियत कर्जा दिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कम्तीमा एक हजार युवालाई स्टार्टअपका आधारित व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गर्ने भएको छ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार संसदको संयुक्त सदनमा वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नवप्रवर्तनमा आधरित व्यवसाय प्रवर्धनको नीति लिइने बताए ।

सरकारले एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गर्ने घोषणा उनले गरे ।त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केका युवा दलित, महिला तथा सिमान्तकृत समुदायको उद्यमशीलता विकास गर्ने समेत उनले बताए ।

आगामी आर्थिक वर्षमा एक हजार लघुघरेलु उद्योगीलाई ब्याजमा अनुदान तथा प्रविधि उपलब्ध गरिने सरकारले नीति लिएको राष्ट्रपति पौडेलले जानकारी गराए ।