नेपालले भू–उपग्रह स्थापना गर्ने

काठमाडौं । सरकारले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने घोषणा गरेको छ ।
आज सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने सरकारको योजना सार्वजनिक गरेका हुन् ।

संघीय संसदका संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने, ‘नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने कार्य अघि बढाइनेछ ।’

यस्तै, सरकारले डिजिटल साक्षरता विकास गरी महिला, अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समुदायको सूचना प्रविधिमा पहुँच विस्तार गरिने समेत नीति लिएको उनले बताए ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७