• २०८३ असार १६
  • 2026 June 30, Tuesday

सुदुरपश्चिम प्रदेश सभा बैठकमा कांग्रेस र नाउपाको नाराबाजी, बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ती पार्टी (नाउपा) का सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेपछि सुदुरपश्चिम प्रदेश सभा बैठक आधा घण्टाको लागि स्थगित भएको छ।

नागरिक उन्मुक्ति पार्टीकी समानुपातिक सांसद इन्दिरा गिरीलाई असंवैधानिक रुपमा गरेको कारबाहीलाई सभामुख सदर गरेको र प्रदेश सरकार गठनका सन्दर्भमा प्रदेश प्रमुख नजिर मियाले असंवैधानिक काम गरेको भन्दै उनीहरुले नाराबाजी गरेका थिए।

उक्त नाराबाजीपछि सभाभुख भीम भण्डारीले बैठक आधा घण्टाको लागि बैठक स्थगित गरेका हुन्।