नेपाल बारको भूमिका संविधानको रक्षाका लागि महत्वपुर्ण : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा शान्ती स्थपना, लोकतन्त्र सुदृढिकरण र संविधानवादको रक्षाका लागि नेपाल बार एसोसिएसनको भूमिका महत्वपुर्ण रहेको बताएका छन् ।
शनिबार १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानमाथि हमला हुन खोज्दा त्यसको रक्षाका लागि बारले महत्वपुर्ण भुमिका खेलेको स्मरण गरे ।

उनले भने, ‘नेपालमा शान्ती स्थपना, लोकतन्त्र स्थापना, गणतन्त्र स्थापनाका लागि र संविधानवादको रक्षाका लागि नेपाल बार एसोसिएसनको भूमिका महत्वपुर्ण छ । पछिल्लो समयमा संविधानमाथि हमला हुन खोज्दा त्यसको रक्षाका लागि बारले खेलेको भुमिका म स्मरण गर्न चाहान्छु ।’

स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, प्रेस स्वतन्त्रता र शान्ती र लोकतन्त्र स्थापनाका निम्ति स्मरणीय भएको उल्लेख गर्दै दाहालले न्यायपालिका स्थापनाका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१