प्रतिनिधिसभा बैठक बस्दै नबसी जेठ ६ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

तर, राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा दिउँसो २ बजे बोलाइएको बैठक पनि स्थगित गरिएको छ ।सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बजे बोलाइएको छ ।

नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१