सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् भवन बानेश्वरमा बिहान १० बजे बस्ने बैठकमा सभामुख घिमिरेले बैठक सञ्चालनका विषयमा छलफल गर्न लागेका हुन् ।

आजको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आएको छ । संसदीय समिति गठनका विषयमा सत्तापक्ष र विपक्षबीच सहमतिको प्रयास भएपनि सहमति हुन सकेको छैन ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१