गृहमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस रुष्ट, अडान यथावत

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक संसदीय छानविन समिति गठनमा अडिग देखिएको छ ।
सोमबार पार्टी सभापति एवम संसदीय दलका नेता शेर बहादुर देउवाको सभापतित्वमा संघीय संसद भवनको ल्होत्से हलमा बसेको दलको बैठकले आइतबार उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले सदनमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ ।

‘नेपाल सरकारका गृहमन्त्री मानीय रवि लामिछानेले हिजो २०८१ साल जेठ ६ गते प्रतिनिधि सभामा बोल्नु भएको विषयलाई नेपाली कांग्रेसले अत्यन्त गम्भीर रुपले लिएको छ । गृहमन्त्री जस्तो महत्वपूर्ण पदमा बसेको व्यक्तिले गरेको अशिष्ट, असत्य, भ्रामक, कपोकल्पीत, गैरजिम्मेवार र हिंस्रक अभिव्यक्तिको यो बैठक घोर निन्दा र भत्सर्ना गर्दछ,’ बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।त्यस्तै कांग्रेसका विभिन्न नेताप्रति लक्षित गरी दिएको अभिव्यक्तिको छानविन, अनुसन्धान र विषय प्रमाणित गरेर देखाउन नेपाली कांग्रेस खुला रहेकोपनि जनाएको छ ।

निर्णयहरु
ज्ञ। लाखौं नेपाली नागरिकको सहकारीमा वचत गरेको अरबौं रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएको विषयमा नेपाली कांग्रेस र संघीय संसदको अन्य विपक्षी दलले लामो समयदेखि आवाज उठाउँदै आएको छ । सहकारीको रकम ठगी गर्ने कार्यमा नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री माननीय रवि लामिछाने संलग्न रहेको पर्याप्त आधारहरु तथ्य साथ सार्वजनिक भईसकेका छन् । सहकारी ठगीमा विभिन्न प्रकरणमा भईरहेको छानविन अनुसन्धान माननीय रवि लामिछाने गृहमन्त्री भए पश्चात छानविन अनुसन्धान अवरुद्ध गरिएका छन् । सहकारी ठगी प्रकरणका छानविन अनुसन्धान र अभियोजन गर्ने सबै संयन्त्रलाई लज्जास्पद रुपले दुरुपयोग गरेको छ । नेपाल प्रहरी, महान्यायधिवक्ता जस्ता सरकारी निकाय छानविन अबरुद्ध गर्न प्रयोग भएका छन् । नेपाली कांग्रेस संसदीय दलको यो बैठक सहकारी ठगीका विभिन्न प्रकरणहरुमा माननीय गृहमन्त्री रवि लामिछाने माथि स्वतन्त्र र निष्पक्ष छानविनको सुनिश्चितता गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने पूर्व निर्णयमा दृढ छ ।

द्द। नेपाल सरकारका गृहमन्त्री मानीय रवि लामिछानेले हिजो २०८१ साल जेठ ६ गते प्रतिनिधि सभामा बोल्नु भएको विषयलाई नेपाली कांग्रेसले अत्यन्त गम्भीर रुपले लिएको छ । गृहमन्त्री जस्तो महत्वपूर्ण पदमा बसेको व्यक्तिले गरेको अशिष्ट, असत्य, भ्रामक, कपोकल्पीत, गैरजिम्मेवार र हिंस्रक अभिव्यक्तिको यो बैठक घोर निन्दा र भत्सर्ना गर्दछ । सहकारी ठगीको अपराधमा संलग्न गृहमन्त्रीले अरुलाई प्रश्न सोध्ने, विभन्न तथाकथित विषयमा अरुलाई देखाएर आफूमाथिको अनुसन्धान र छानविनबाट भाग्ने प्रयत्न गरेको यो बैठक ठहर गर्दछ । साथै उपप्रधानमन्त्री एवं गृहमन्त्री माननीय रवि लामिछानेको गैरजिम्मेवार र असत्य अभिव्यक्तिप्रति यो बैठक सम्माननीय प्रधानमन्त्रीको ध्यान गम्भीर रुपले आकृष्ट गर्न चाहन्छ ।
घ। माननीय रवि लामिछानेले नेपाली कांग्रेसका विभिन्न नेता प्रति लक्षित गरी दिएको अभिव्यक्तिको छानविन, अनुसन्धान र विषय प्रमाणित गरेर देखाउन नेपाली कांग्रेस खुला रहेको यो बैठक ठहर गर्दछ ।

द्ध। २०८१।२।७ गते विहान १ः१५ बजे तनहुँ व्यास न.पा. ३ तरकारी लाइनमा विद्युत सटसर्किट भई र देशका विभिन्न भागमा आगोलागी भई निकै धनको क्षति भएको छ । क्षतिको मूल्याङ्कन गरी आगलागीबाट पिडितहरुलाई उचित राहत प्रदान गर्न यो बैठक सरकारसँग माग गर्दछ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१