• २०८३ असार १६
  • 2026 June 30, Tuesday

प्रतिनिधिसभाको बैठक जेठ ११ गतेलाई सारियो

काठमाडौं । प्रतिनिधिसभा बैठक जेठ ११ गतेलाई सारिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले आजको बैठकमा पनि संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका थिए ।

कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव र राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पारित गरेपछि बैठक सारिएको हो।

सभामुख देवराज घिमिरेले अब अर्को बैठक जेठ ११ गते बिहान ११ बजे बस्ने बताए।