काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेपछि यतिबेला विभिन्न कोणबाट यसको विश्लेषण भइरहेको छ ।
दोहोरो नागरिकतासम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न आज बिहान प्रहरीलाई अनुमति दिएको थियो । सिरोहियालाई पक्राउ गरेपछि नेपाली कांग्रेसका नेता सुनिल शर्माले खेद व्यक्त गरेका छन् । उनले कार्यकक्षबाटनै प्रहरीले पक्राउ गर्नु निन्दनीय रहेको उल्लेख गरेका छन् । शर्माले कान्तिपुरको जनआन्दोलनलाई मुर्तरुप दिएको विषय सरकारले बिर्सेको र गृहमन्त्रीले प्रतिशोध साधेको बताए ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज आफ्नो कार्यकक्षबाट नै प्रहरीले गरेको गिरफ्तारी अलोकतान्त्रिक र निन्दनीय छ । जनआन्दोलनलाई मुर्तरुप दिन कान्तिपुर दैनिकले गरेको प्रयासलाई चटक्क बिर्सिएर, देश समाजका उठाउन आवश्यक बिषयबस्तु सम्प्रेषण प्रती प्रतिशोध लिने उदेश्य प्रष्ट देखिएको छ ।’
सुनिल शर्माले कैलाश सिरोहियालाई अबिलम्ब रिहाई गर्न आग्रह गरेका छन् । ‘देश र जनता माथिको प्रचण्ड सरकारको गैरलोकतान्त्रिक निरंकुश कार्य शैलीको विरोध गर्दै आएको छु र म सरकारको यस रबैयाको घोर भत्सर्ना गर्दछु । शक्तिको गलत प्रयोग नगरौं । कैलाश सिरोहियालाई अबिलम्ब रिहा गरियोस् ।’ उनले भने् ।