संसद बैठकमा कांग्रेसको अवरोध, अर्को बैठक जेठ १३ गते

काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ १३ गते आइतबार बस्ने गरि स्थगित भएको छ ।

आज काङ्ग्रेसको अवरोध पश्चात बैठक आइतबार विहान ११ बजे बस्ने गरि स्थगित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले पनि बैठक अवरोध गरेका छन् ।

सहकारीको विषयमा संसदीय छानबिन समिति बनाउने निर्णय भएपनि कार्यादेशमा सहमति जुट्न नसक्दा कांग्रेसले अवरोध कायमै राखेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७