कांग्रेस थप लचक बन्यो, अब सहमति होलाः बर्तौला

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक यसअघि जस्तै निष्कर्ष बिहीन बनेको छ ।

आजको बैठकमा गृहमन्त्री रवि लामिछानेको नामै किटेर संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा रहेको प्रतिपक्षी नेपाली कांग्रेस केही लचक भएको कार्यदलका सदस्य एवं एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताए ।झण्डै चार घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकमा सहभागी बर्तौलाले छलफल सकारात्मक रुपमा अघि बढेको बताए ।

उनले भने, ‘हामीले बैठक समापन गरेका छैनौं । केही कोणबाट छलफल भइरहेको छ । गृहमन्त्रीको पाटोबाट पनि केही छलफल भएको छ । बैठक सकारात्मक रुपमा अघि बढिरहेको छ । गाँठो फुकाउनुपर्छ भन्नेतिर बैठक उन्मुख छ ।’

बर्तौलाले भने, ‘नेपाली कांग्रेस हिजोको बैठकमा केही सकारात्मक बनेको थियो । आज त्यसमा थप लचक बनेको छ । गृहमन्त्रीको नाम नराख्ने हो भने उहाँ संलग्न भएका सहकारीको बारेमा नाम किटान गरेर छानबिन गरेर जाऔँ भन्ने कुरामा लचकताका साथ एउटा नयाँ प्रस्ताव आएको छ । त्यसबारेमा गृहमन्त्रीसँग पनि छलफल गर्नुपर्ने हुन्छ ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१