राप्रपाको सहायक कोषाध्यक्षमा शोभित उप्रेती

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) को सहायक कोषाध्यक्षमा शोभित उप्रेती मनोनीत भएकाछन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उप्रेतीलाई सहायक कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।

राप्रपाको केन्द्रीय समिति बैठकले मुलुकको राजनीतिक अवस्था र आगामी रणनीतिबारे पार्टीको दृष्टिकोण तय गरे लगत्तै लिङदेनले पदाधिकारी थपेका हुन् ।

उप्रेती यसअघि राप्रपाको केन्द्रीय सदस्य थिए । समाजसेवामा विशेष रुचि भएका उप्रेती वैदेशिक मामिलामा दख्खल राख्दछन्।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७